बुटवल । देशभर रहेका दशनामी युवाहरुलाई सामाजिक लगायत विविध कार्यहरुमा सक्रिय गराउने उद्देश्यले नेपाल दशनामी युथ गठन गरिएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा उद्धव वनको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा सिता गिरी, उपाध्यक्षमा लक्ष्मी गिरी, सचिव प्रकाश गिरी, सहसचिव सिता गिरी, कोषध्यक्षमा लक्ष्मी गिरी र प्रशासनमा रामचन्द्र गिरी रहेका छन् । कार्यसमिति सदस्यमा लिला गिरी, देबी गिरी, सुशील गिरी, विशाल गिरी, दुर्गा गिरी, शैलेन्द्र गिरी, विरेन्द्र गिरी, सुस्मिता गिरी, मिलन गिरी र नविन गिरी रहेका छन् ।
नेपाल सरकारका उपसचिव डिलाराम गिरीले संस्थाको उद्घाटन गर्दैे सामाजिक कार्यका लागि युवाहरु संगठित हुनु समाज र देशकै लागि सकारात्मक सन्देश रहेको बताए । देश विकासमा युवाहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै देश र समाज रुपान्तरणका लागि सिर्जनात्मक कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष ध्रुव गिरी, सदस्य अशोक गिरी, रुद्र गिरी, मीना गिरी भारती लगायतले युवा संस्थाको लागि हरेक पाइलामा सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । संस्थाको कार्यालय काठमाडौंको कोटेश्वरमा राखिने छ । सामाजिक संजाल फेसबुकमा सिमित रहेको ग्रुपले संस्था दर्ता गरेर दशनामी युवाहरु एकिकृत गर्ने कार्य अघि बढाएको हो । केही समयअघि नविन गिरीले फेसबुकमा ग्रुपको सुरुवात गरेका थिए ।
।