सूचनाको शक्ति - The Power Of Information

        

शाखारहित बैंकिङ्ग सेवा विस्तार गर्दै ग्लोबल आइएमई

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोरङ्ग र सप्तरी जिल्लामा थप २ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको कुशल चोकमा ७३औँ शाखा र सप्तरीको कठौना बजारमा ७४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
मोरङ्ग जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको पथरी शनिश्चरे नरपालिकाका उपमेयर यमुना बिष्ट तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त सेवाको लागि स्थानिय सोमनाथ आचार्यलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
त्यसैगरी, सोहि दिन सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाको शम्भुनाथ नगरपालिकाका मेयर योगेन्द्र प्रसाद चौधरी तथा बैंकका रेमिट्यान्स प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त शाखा सेवाको लागि स्थानिय शिव नारायण चौधरीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । हाल बैंकले १२० वटा शाखा, १२८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतवार १०:१५