सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन


काठमाडौं । नेप्सले आइतबार एकैदिन चार कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । सिद्धार्थ बैंक, देव विकास बैंक, प्राइम लाइफ इन्स्योरेन्स र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो ।
सिद्धार्थ बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३१२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४०२ रुपैयाँ दिएको थियो । बैंकको १२ दशमलब ७२ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । देव विकास बैंकको ४० प्रतिशत हकप्रद सेयरपछिको मूल्य नेप्सेले १४९ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १७४ रुपैयाँ दिएको थियो ।
त्यस्तै, आइतबार नै प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको मूल्य नेप्सेले ६३२ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ९०२ रुपैयाँ दिएको थियो । कम्पनीको १६० प्रतिशत हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । संस्थाको समायोजनपछिको मूल्य २ हजार ५३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य १७६ रुपैयाँ दिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतवार ०८:४६