भगतराम थारु । बाँके । बर्दिया बारबर्दिया ९ कोनैथी घर भएका थारु चेली नामै काफी छ ऋतुनानु चौधरी । छोटो समयमै आफ्नो थारु भाषाको गितमा चर्चा कमाएका ऋतुलाई थारु म्युजिक भिडियोदेखि लिएर नेपाली म्युजिक भिडियोमा भ्याईनभ्याई छ । ऋतुको कलाकारिता र उनको अभिनय देखेर छोटो समयमै चर्चामा आउन सफल भएका छन् । लगनशिल रितु आफ्नै लगानीमा कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउ“छन् ।
मेहनती रितु केही समय बैंकमा जागिरे भएको पैसाले जोहो गर्दै कलाकारितामा प्रवेश गरेको बताउ“छिन् । ‘नास्ता खाजा र तलबबाट अलिअलि बचाएको पैसाले कलाकारिता क्षेत्रमा प्रवेश गरे अहिले कलाकारिता नै रमाइलो लाग्छ,’ ऋतुले भनिन् । उनको परिवारमा आमाबुवा र दुई दिदीवहिनी छन् । कलाकारिता क्षेत्रमा नसा लागिसक्यो अव कलाकारिता क्षेत्रमै जिवन वित्ने उनले बताइन् ।
कलाकारिता क्षेत्रमा पहिले पहिले खुवै मेहनत गरे र गाह्रोसमेत लाग्ने गरेको ऋतु पछिल्लो समयमा सहज भएको बताउ“छिन् । ‘कलाकारितामा पैसा नभए नि मेरो नामै काफी भैसक्यो अव म कला क्षेत्रलाई छोड्न सक्दिन,’ उनले भनिन् । थारु कलाकार ऋतुले नेपाली गितमा मोडलिङ गरेकी छिन् । थारु भाषाको गितमा चर्चा कमाएका ऋतुले पछिल्लो समयमा नेपाली म्युजिक भिडियोमा समेत मुख्य कलाकारको भूमिकामा देखिएककी छन् ।
थारु म्युजिक भिडियोमा भ्याई नभ्याई भएका ऋतुले एक बर्षभित्रै कलकारिता क्षेत्रमा जम्न सफल भएकी छिन् । थारु भाषाको म्युजिक भिडियोमा चर्चा कमाएका ऋतु अहिले भर्खरै बजारमा नेपाली लोकगीत जवानीको जोसमा भन्ने बोलको गितमा सुटिङ गरेकी छन् । जवानीको जोसमा बोलको गितमा निर्देशक÷शव्द संगित कपिल मगरको छ भने छाँयांकन अरुणकुमार सुनार, सम्पादन प्रेमकुमार थारुको रहेको छ । जवानीको जोसमा बोलको गितमा स्वर कपिल मगर र शोभा छटकुलीको रहेको छ ।
गितको म्युजिक भिडियोमा कलाकार कपिल मगर, रणसिंह थापा, सविता राई र ऋतु चौधरीले अभिनय गरेका छन् । ऋतुले एक बर्षभित्रै ७/८ वटा थारु म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । बोलो न बोलो बताउ न बताउ अपन तु मनके बात लभ यु कहो इ ज्यान तोहार हो, गोहर गोहर गाल तोहर फेसन बा कमाल, गरियान मे आग लगाके मचाइलो धमाल, बन्दिदी थुम्का लगाके, नाचो हो छमिया तु लेहगा उराके, थारु हाई मोर दारर्लिङग टु, प्यार भरल दिलसे तो प्यास बुझाके कम्मर मर्कादेउ एक्क चुटकीमा एक्क चुटकीमा मन परल तोहार चवन्नी मुस्कीमा लगायतका गितमा भ्युजिक भिडियोमा अभिनय गरेकी छन् ।
।