सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन प्रवर्द्धन गर्न राष्ट्रिय युवा जागरण अभियान (फोटोफिचरसहित)


बाँके । ‘युवाको जागरण स् बाघ चितुवाको संरक्षण’ भन्ने नाराका साथ चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान–२०७४ का अवसरमा कोहलपुरमा विभिन्न झाँकीसहितको र्याली निकालिएको छ । अभियानका क्रममा बाँके निकुञ्जमा हात्ती सफारीको उद्घाटन गरी पर्यापर्यटनको आरम्भ भएको जानकारी दिइएको छ ।
बाँके निकुञ्ज स्थापन भएयता निकुञ्जमा बाँघको संख्या १३ पुगेको छ भने सोही अनुसार अन्य जंगली जनावरहरुको संख्यामा पनि वृद्धि भइरहेको छ । त्यसैगरी हात्ती सफारीका लागि १० वटा हात्तीको दरबन्दी रहेको निकुञ्जमा ४ वटा हात्ती आइसकेका छन् भने ६ वटा हात्ती आउने प्रक्रियामा रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले स्थानीयसँगको समन्वयमा वन र वन्यजन्तुको संरक्षण तथा सुरक्षाबाट हुने फाइदा, पर्यटन प्रवर्द्धनसँगै आयआर्जनमा आउने परिवर्तन र वातावरणीय सन्तुलनका विषयमा जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ ।
‘पर्यटन प्रवर्द्धनका लागि चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान मनाइएको हो,’ चोरी सिकार नियन्त्रण युवा समुहका अध्यक्ष कृष्ण चौधरीले भने, ‘स्थानीयको आर्थिक तथा सामाजिक स्तर उकास्न युवा जागरण अभियान सञ्चालन गरिएको छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार ०७:०५