सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचारीलाई एक एक गरेर जेल हालिन्छ : प्रचण्ड


रेनुका गिरी । नवलपरासी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारीलाई एक एक गरेर जेल हाल्ने बताएका छन् । विहीबार नवलपरासीको बर्दघाटमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘नोकेरी तन्त्रमा, सुरक्षा निकायमा वा अन्य स्थानमा बसेर भष्टाचार गर्नेहरुलाई अब जेल हाल्ने बेला आएको छ ।’ उनले देशमा राजनैतिक परिवर्तन आइसकेको भए पनि जनताको जिवनमा परिवर्तन आउन अझै बाँकी रहेको बताए । प्रचण्डले जनताको जीवननमा परिवर्तन ल्याउन देशमा शुसाशन आउनुपर्ने बताउँदै सरकारी निकाय, सुरक्षा क्षेत्र र न्यायालयमा रहेको भ्रष्टाचारलाई बामपन्थीको सरकारले ठोकेर जाने बताए ।
सहिद तथा वेपत्ता परिवार जिल्ला कमिटीको अध्यक्ष एवं नेकपा माओवादी केन्द्र बर्दघाट नगर कमिटी ईन्चार्ज ध्रुव खनालको अध्यक्षता भएको कार्यक्रममा जिल्लाभित्रका जनयुद्धका ३७ जना सहिद परिवार, १ जना वेपत्ता परिवारलाई र नगरभित्रका २५ जना जेष्ठ कम्युष्ठिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश नम्बर ५ का भौतिक पूर्वाधार तथा योजना मन्त्री बैजनाथ चौधरी, कानूनमन्त्री कुल प्रसाद केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाम गठबन्धन भित्रका भातृ संगठन, नेता कार्यकर्ता, लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपालमा जारी सविंधान खाली समाजवाद उन्मुख राज्यका लागी मात्र नभएर सामाजिक न्याय, मौलिक अधिकारसहितको साच्चिकै राज्य समाजवाद उन्मुख २१ औ शताब्दीको उत्कृष्ट सविंधान निर्माण भएको बताउदै कम्युनिष्ठहरुको सरकार बनेको र सो सरकारले सविंधानलाई पुर्ण कार्यन्वयनमा ल्याउने बताए ।
त्यस्तै विहीबार नै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामग्राम स्तुपको अवलोकन गरेका छन् । नवलपरासी आएका पूर्वप्रधानमन्त्री प्रचण्डले रामग्राम–७ उजैनीमा अवस्थित भगवान गौतम बुद्धको अस्तधातु रहेको रामग्राम स्तुपको अवलोकन गरेका हुन् । प्रचण्ड पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसी, भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी सहित स्तुपमा पुगेका थिए ।
बुद्धको सिंगो अस्थुधातु रहेको सो स्तुपको अपेक्षा अनुरुप विकास नभइरहेको अवस्थामा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवलोकन गरी स्तुपको महत्वबारे जानकारी पनि लिएका थिए । प्रचण्डले रामग्राम स्तुपको अवलोकन पछि यस क्षेत्रलाई गे्रटर लुम्बिनी अन्तरगत विकास गरिने बताए । सोही अवसरमा रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले रामग्रामको विकासमा लुुम्बिनि विकास कोषले वेवास्ता गरेको भन्दै रामग्रामको विकासका लागि छुट्टै विकास कोष स्थापनाका लागि ध्यनाकर्षण पत्र पनि प्रचण्डलाई बुझाएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७४, शुक्रबार ०२:०६