सूचनाको शक्ति - The Power Of Information

        

सानिमा बैंकको सात नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम बजार गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा थप बिस्तार गरेको छ ।
अमरगढी र टिकापुरशाखा कार्यालय उद्घाटन बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाद्वारा संयुक्त रुपमा भयो । तान्सेन शाखा कार्यालय उद्घाटन ब्राण्ड प्रवद्र्धक द्वय आचार्य र मदनकृष्ण श्रेष्ठका साथै संचालक थापाले गरे ।
बैंकका संचालक थापाले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । साथै, ग्राहकतथा सम्पुर्ण सरोकारवलाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्तगर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ०६:५४