सूचनाको शक्ति - The Power Of Information

        

हकप्रद भर्ने समय थप्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंक लिमिटेडले हकप्रद सेयरका लागि आवेदन दिने समय पूर्व निर्धारित भन्दा १० दिन थपेको छ । बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै इच्छुक सेयरधनीले आगामी फागुन २३ गतेभित्र हकप्रद खरीदका लागि आवेदन दिनसक्ने जनाएको छ ।
बैंकले माघ ७ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर आफ्ना सेयरधनीका लागि बिक्री खुल्ला गरेको हो । यसअघि इच्छुक सेयरधनीले फागुन १३ गतेभित्रमा तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो, यसमा १० दिन समय थपिएको हो ।
बैंकको २०७४ पुस ९ गते सम्पन्न १०४ औं बोर्ड बैठकले हकप्रदका लागि पुस २१ गतेलाई बुक क्लोजको मिति तोकेको थियो । यसको अर्थ पुस २० गतेसम्म प्रभू बैंकको सेयर खरीद गर्नेहरुले हकप्रदका लागि आवेदन दिन पाउनेछन् । प्रभूू बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेडले गरिरहेको छ ।
हाल यो बैंकको चुक्तापुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रदपछि चुक्तापूँजी बढेर ८ अर्ब २३ करोडको उचाईमा पुुग्नेछ । हकप्रद सेयरको दरखास्त फारम पाइने तथा बुुझाउने स्थानको रुपमा सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्रभूु बैंकका सबै कार्यालय, आश्वा सदस्य बैंक तथा तिनका शाखा रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलवार ०७:५६