बुटवल । प्रदेश नम्बर पाँचमा बिशिष्ट व्यक्तीहरुको आवास व्यवस्थापनको टुंगो लागेको छ ।
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई राजश्व अनुसन्धानको पश्चिमाञ्चल कार्यालय रहेको भवनमा आवासको व्यबस्थापन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।
सभामुख पूर्णबहादुर घर्तीलाई बुटवल रामनगरमा रहेको सिप विकास तालिम केन्द्रको भवनमा मुकामको व्यवस्था गरिएको छ । पहिला सो भवनमा प्रदेश प्रमुख उमाकान्त झाको निवास राख्ने गरी तयारी भएको थियो ।
प्रदेश प्रमुख झाका लागि कार्यालय र मुकाम दुबै हुनेगरी उच्च अदालत तुल्सीपुर बुटवलको कार्यालय तय भएको छ ।
आन्तरीक मामिला मन्त्री कुलप्रसाद केसी र भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी भैरहवामा रहेको भूमिगत जल परियोजनाको भवनमा बस्ने टुंगो लागेको छ ।
उपसभामुख कृष्णी चौधरीको निवास पनि सोही क्षेत्रमा हुनेछ । प्रदेशको राजधानी रुपन्देही भएकाले बुटवलमा मन्त्रालय र भैरहवामा आवासको व्यवस्था मिलाइएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
।