सूचनाको शक्ति - The Power Of Information

        

सर्वाधिक पुरस्कार राशीको लनटेनिस प्रतियोगिता बुटवलमा सुरु


रेनुका गिरी । बुटवल । नेपालकै सर्वाधिक पुरस्कार राशीको खुला लनटेनिस प्रतियोगिता बुटवलमा सुरु भएको छ । बुटवल लनटेनिस क्लब र रोटरी क्वल तिलोत्तमाको आयोजनामा खुला लन टेनिस शुक्रबारदेखि सुरु भएको हो । उद्घाटनपछि आयोजित ५५ वर्ष उमेर समुहको खेलमा प्रवेश अव्दुल सहमतलाई सोझो ६ शुन्य र ६ एकमा हराउँदै कृष्णराज घले सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्यसैगरी शुक्रबार विभिन्न समुह र इभेन्टका खेलहरु भएका छन् । टेनिस खेल्न पूर्व उपप्रधानमन्त्री कमल थापा पनि आएका थिए । फन डवलतर्फ पूर्व उपप्रधानमन्त्री थापा र लनटेनिसका केन्द्रिय महासचिव मनोहर दासको समुहलाई बुटवलका विकास खड्का र अर्जुन गुरुङको समुहले ८ एकमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको ५ नम्बर प्रदेसका सदस्य दधिराम न्यौपानेले उद्घाटन गरेका थिए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली काँग्रेसका रुपन्देही सचिव रामकृष्ण खाँण, खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ, लन टेनिसका केन्द्रिय महासचिव मनोहर दास लगायतले भनाई राखेका थिए । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार, द्वितिय २५ हजार र तृतियले १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता यही फागुन १५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार ०४:५९