सूचनाको शक्ति - The Power Of Information

        

महिलालाई आत्मनिर्भर बनाउन च्याउखेती र कुशन कभर तालीम


बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ मा १० दिने च्याउखेती सीपमूलक तालिम सुरु भएको छ । बाँके महिला आर्थिक स्वावलम्बन संस्थाको आयोजना र वडा नम्बर ४ को सहयोगमा आजदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले गरेका छन् ।
अध्यक्ष बेहनाले सीप सिकेर आत्मविश्वास बढ्ने र त्यसले च्याउ खेती गर्न सहज हुने भन्दै यस्ता तालिमले स्वरोजगार बन्न सहयोग पुग्ने बताए । च्याउको बजार राम्रो भएकाले यो तालिमले सहभागी सबैलाई फाइदा हुने उनको भनाई थियो । सीप भन्ने कुरा सानो ठूलो नहुने भन्दै उनले आफ्नो उदाहरण दिएर आफूले पनि सानो कामबाट व्यवसाय थालेर अहिले सफलता हासिल गरेको बताए ।


वडाका २५ महिलाको सहभागिता रहेको तालिम सम्पन्न गर्नका लागि वडा कार्यालयले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । गोमा आचार्यले सञ्चालन गरेको उदटन कार्यक्रममा ४ नम्बर वडाकी सदस्य इन्दिरा शाही, संस्थाकी अध्यक्ष रञ्जना ढकाल, उपाध्यक्ष बिष्णु थापा, तालिम कार्यक्रमकी संयोजक इन्दिरा कार्कीको उपस्थिति थियो ।
त्यस्तै कुसन कभर प्रशिक्षण तालिम पनि आजैदेखि सुरु भएको छ । नारी कल्याण समूह नेपालगन्जको आयोजना र वडा नम्बर ४ को सहयोगमा सुरु भएको १५ दिने उक्त तालिममा वडाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको वडा अध्यक्ष बेहनाले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार ११:१४