सूचनाको शक्ति - The Power Of Information

        

विदेश भ्रमणमा सरकारी कर्मचारीलाई रोक

काठमाडौं । सरकारले निजामति कर्मचारीलाई विदेश भ्रमणमा जान बन्देज लगाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि अध्ययन र अवलोकन लगायत सबै प्रकारका विदेश भ्रमणमा रोक लगाएको अर्थ मन्त्रालयले जनाएको छ । स्वीकृत भएको भ्रमण समेत रोक लगाउन सम्बन्धित मन्त्रालय र विभागलाई जानकारी गराइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बिहीबार सबै मन्त्रालयलाई पत्राचार गरी नयाँका अतिरित्त स्वीकृत भ्रमण समेत रोक्न भनेको छ । प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेपछि सबै प्रकारका भ्रमण रद्ध गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले आफु मातहतका विभागलाई पत्राचार गरी भ्रमण रोकेको जानकारी गराएको छ ।
यसअघि मन्त्री, सचिव र सहसचिवलगायतले सरकारी ढुकुटी दोहन गरेर विदेश भ्रमण गरेको भन्दै आलोचना भएको थियो । यसअघि एक दर्जन बढी मन्त्री, यस्तै सचिव र अन्य अधिकृत विदेश भ्रमण विवादित बनेको थियो । अघिल्लो सरकारका पालामा सरकारी ढुकुटीबाट धेरै मन्त्री, सचिव र उच्चसरकारी अधिकारीले विदेश भ्रमण गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७४, शुक्रबार १०:१६