सूचनाको शक्ति - The Power Of Information

        

बालबालिकाका लागि दाङमा किड्स ओलम्पियाड हुने

दाङ । दाङमा पनि एक दिने किड्स ओलम्पियाड हुने भएको छ । आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि एक दिने किड्स ओलम्पियाड हुन जानकारी गराइएको हो । स्कुल अफ ट्रेनिङ प्राइभेट लिमिटेडको आयोजनामा आगामी फागुन २६ गते घोराहीको रझेना स्कुल किड्स ओलम्पियाड हुने सञ्चालिका प्रतिक्षा गौतम अधिकारीले जानकारी गराइन् ।
किड्स ओलम्पियाडमा खेलमा सहभागी भैसकेपछि बालबालिकाको खोज र सहकार्यलाई प्रोत्साहित गर्न, नानीहरुको आत्मा सम्मान बढाउन, शारीरिक, मानसिक, भावनात्मक तथा समग्र बच्चाको विकासको लागि कार्यक्रमको आयोजना गरेको अध्यक्ष गौतमले जानकारी दिइन् । त्यस अवसरमा ३ देखि ६ वर्षसम्मका बालबालिकाहरुलाई मात्र सहभागी गराइने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
खेलमा सहभागिताको लागि विद्यालयले १ हजार ५ सयमा प्रवेश तिर्नुपर्नेछ भने प्रतिविद्यार्थी ८ सय रुपैया लाग्ने जनाइएको छ । स्कुल अफ ट्रेनिङ प्राइभेट लिमिटेडका सञ्चालिका प्रतिक्षा गौतम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार माहासंघ दाङका अध्यक्ष सविन प्रियासनले बालबालिकाको विकासका लागि नयाँ तरिका अपनाउनुपर्ने भन्दै यसले बालबालिकालाई फाइदा हुने बताए । कार्यक्रमको सहजीकरण पत्रकार देवी भण्डारीले गरेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १०:१४