सूचनाको शक्ति - The Power Of Information

        

नबिल बैंकको सि–आस्वा सेवा सञ्चालनमा

काठमाडौं । नबिल बैंक लिमिटेडले धितो पत्र खरिद गर्न सि–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितो पत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सि–आस्वा सेवामार्फत मात्र आवेदन दिन पाउने व्यवस्थालाई मध्यनजर गरी बैंकले यो सेवा सञ्चालनमा ल्याएको जनाएको हो ।
बैंकले ग्राहकलाई समयमै सि–आस्वा रजिस्ट्रेसन नम्बर प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस बैंकका ग्राहकले बैंकका सम्पूर्ण शाखाहरुबाट सि–आस्वा कस्टमर रजिस्ट्रेसन नम्बर लिई सि–आस्वा प्रणालीमार्फत धितोपत्र खरिद गर्न आबेदन दिन सक्नेछन् ।
ग्राहकले उक्त कस्टमर रजिस्ट्रेसन नम्बर लिएपश्चात मेरो सेयरमार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । साथै अनलाइन आवेदन दिन नसक्ने लगनिकर्ताको हकमा बैंकको कुनै पनि शाखामा गई सि–आस्वा फाराम भरी आवदेन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी यस प्राणालीमार्फत आवदेन दिन पनि बैंकले जनाकारी दिएको हो ।
बैंकले ग्राहकको आवश्यकता तथा सहजतालाई मध्ये नजर राख्दै सि–आस्वासँगै आवद्ध सेवाहरु सि–आस्वा रजिस्ट्रेसन, हितग्राही (डिम्याट) खाता खोल्ने, सि–आस्वा प्राणालीमार्फत धितोपत्रमा लगानी गर्ने तथा मेरो सेयर रजिस्ट्रेसनमा समेत लाग्ने सम्पूर्ण बैंक शुल्क मिनाह गरेको जनाएको छ ।
नबिलले नया र नवीनतम सेवाहरु एवं योजनाहरु प्रस्तुत गरेर सदैव आफूलाई अब्बल बैंक सावित गर्दै जाने रणनीति लिएको जनाएको छ । बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०४ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दाबढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापीरुपमा र विश्वभर धेरै एजेन्टहरुमार्फत् विश्वभर सेवा प्रदान दिँदै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ०७:१९