सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके

रेनुका गिरी । बुटवल । बिगत लामो समयदेखि ब्यक्ति हत्या, चन्दा असुली र बिभिन्न आतंक मच्चाउँदै नेपाल प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
गतवर्ष रुपन्देहीको देवदहमा दुर्गा तिवारी र यसबर्ष बसन्त पौडेल (बलु) को हत्याका मुख्य अभियुक्त पुन बुधबार बिहान करिब साढे ३ बजे रुपन्देहीको देवदह ४ स्थित भवानीपुर र बिजयपुरको बिचमा प्रहरीको गोलीबाट मारिएका हुन् ।
मोस्ट वान्टेड मनोज पुन लुकेर बसेको स्थानमा पुगि पक्राउ गर्ने क्रममा प्रहरीतर्फ गोली चलाएर भाग्न खोजेपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बिभिन्न हत्या आतंकका घटनामा पुनका प्रमुख सहयोगीका रुपमा रहेका सोमबहादुर आले पनि सोही घटनामा मारिएका छन् । प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजेपछि गोली चलाइएको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताएका छन् ।
एसपी ज्ञवालीले भने, ‘घटनास्थलमा घाइते भएका पुनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भयो ।’ पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए । गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०९:४४