सूचनाको शक्ति - The Power Of Information

        

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

बाँके । विसं २०७५ मंसिरमा नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ ।
आउने वर्ष नेपालगन्जमा हुन लागेको उक्त प्रतियोगिताका लागि लोगोसहित नारा र मस्कट हात्तीको छावा सार्वजनिक गरिएको मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरेका हुन् । आठौँ राष्ट्रिय खेलकुदको नारा ‘आठौँ खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय भएको छ ।
यसैबीच बाँकेको खजुरा गाउँपालिका सीतापुरमा सुविधासम्पन्न भलिबल रंगशाला बन्ने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलिबल खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले मंगलबार सो रंगशालाको शिलान्यास गरेका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार ०७:४१