सूचनाको शक्ति - The Power Of Information

        

महोत्सव मुल आयोजक समितिले गर्यो स्टल निरीक्षण


देवी भण्डारी । दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा संचालित दाङ व्यापारीक तथा प्रदेश स्तरीय औद्योगीक कृषि प्रदर्शनी २०७४ का छैठौं दिन आज महोत्सव मुलआयोजक समितिले महोत्सवमा स्टलहरुको निरीक्षण एवं अवलोकन गरेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोजक समितिका संयोजक नारायणप्रसाद भुसाल, महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठ भारी, संघका सचिव एवं महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक मायाकुमारी पोख्रेल सहितको टोलीले महोत्सवमा राखिएका स्टलहरुको निरीक्षण तथा अवलोकन गरी स्टल राखेकाहरुसँग महोत्सवका बारेमा प्रतिक्रियासमेत लिएका थिए ।
त्यस अवसरमा अल्लो धागोवाट उत्पादित सामाग्रीहरुको स्टल राखेकी महिला उद्यमी प्रेमकुमारी पुनले अन्य वर्षका महोत्सवभन्दा अहिलेको महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको वताउँदै महोत्सवले स्थानीय उत्पादनलाई वजारीकरण तथा प्रचारप्रसारमा समेत सहयोग पुगेको बताइन् ।


यस्तै अर्का उद्यमी ज्ञानप्रसाद चौधरीले महोत्वले उत्पादित सामाग्री तथा स्थानीय उत्पादनले स्थान पाएकोमा खुशी भएको बताउँदै यस्ता मोत्सवहरुलाई निरन्तरता दिनसके थुप्रै उद्यमी तथा सफल कृषकहरु बाहिर आउन सक्ने बताए । घोराही उपमहानगरपालिका–१४ कपासीका किसान दुर्गाबहादुर खत्रीले महोत्सवमा व्यापारसंगै आफनो उत्पादनको प्रचारप्रसारमा ल्याउन आफुले महोत्सवमा ढिलै भएपनि सानो स्टल लिएर आएको बताए ।
यसैबीच महोत्सव निर्देशक ध्रुवराज श्रेष्ठ भारीले महोत्सको छैठौ दिनसम्म आइपुग्दा महोत्सवमा उत्साहजनक सहभागिता देखिएको बताउँदै पाँच लाख दर्शकलाई महोत्सवको अवलोकन गराउने र २० करोडको आर्थीक संकलन सहजैरुपमा प्राप्त गर्न सकिने बताए । उनले महोत्सवबाट आफुहरुले लिएको लक्ष्य पुरा हुने बताए । निर्देशक भारीले दाङमा खुल्ला स्थानको अभावमा साँघुरो ठाँउमा पनि महोत्सवलाई व्यवस्थीतरुपमा सञ्चालन गर्न आफुहरु प्रयासरत रहेको बताए ।
आगामी महोत्सवलाई अझ व्यवस्थीत रुपमा आयोजना गर्न तथा अन्य कार्यक्रमहरुको आयोजना गर्न पनि खुल्ला स्थानको आवश्यक्ता पर्ने भएकाले यसतर्फ सवैले ध्यान दिनुपर्ने उनले बताए । १३ गतेसम्म चल्ने महोत्सवमा लघुउद्यम कृषि, व्यापार, फेन्सी होटल व्यवसायी, अल्लो, मह स्थानीय स्तरमा उत्पादित साबुन, खाद्य प्रशोधन लगायत २१९ स्टलहरु राखिएका छन् । महोत्सव मुलआयोजक समितीका संयोजक नारायणप्रसाद भुसालले महोत्सव दाङवासीको आफ्नै महोत्सव भएको बताउँदै यसलाई व्यवस्थीत र सभ्यरुपमा सम्पन्न गर्न सवैको सहयोगको खाँचो रहेको समेत बताए । महोत्सवका गतिविधिलाई नियाल्न महोत्सव स्थलमा सीसी क्यामरासमेत जडान गरिएको बताउँदै महोत्सवलाइ मर्यादित बनाउन सवैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार १०:५५