सूचनाको शक्ति - The Power Of Information

        

फाइनान्स कम्पनीहरुले गरे दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक

काठमाडौं । करिब डेढ दर्जन फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रियस्तरमा नेपाल फाइनान्स, नेपाल शेयर मार्केट एन्ड फाइनान्स, गुडबिल फाइनान्स, ललितपुर फाइनान्स, युनाइटेड फाइनान्स, बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, पोखरा फाइनान्स, अरुण फाइनान्स, बल्र्ड मर्चेन्ड बैंकिङ एन्ड फाइनान्स कम्पनी रहेका छन् ।
त्यस्तै क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, आइसीएफसी फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, मञ्जुश्री फाइनान्स, जेबिल्स फाइनान्स, सिनर्जी फाइनान्स, रिलायन्स फाइनान्स, गोर्खाज फाइनान्स, श्रीइन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी र सेन्ट्रल फाइनान्स रहेका छन् । तीन जिल्ला कार्यक्षेत्र रहेका मध्ये जानकी फाइनान्स र सिर्जना फाइनान्स रहेका छन् । एउटा मात्र जिल्ला कार्य क्षेत्र रहेको फाइनान्समा मल्टिपर्पोज फाइनान्स कम्पनी रहेको छ । सञ्चालनमा रहेका २५ फाइनान्स कम्पनीमध्ये १९ वटा कम्पनीले वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमा उनीहरूको अवस्था यस्तो छ ।

चुक्ता पुँजी, खुद मुनाफा र जगेडाकोष
चालू आवको दोस्रो त्रैमासमा ५ वटा फाइनान्सले ८० करोडभन्दा माथि चुक्ता पुँजी पु्र्याएका छन् । आइसीएफसी, गोर्खाज, युनियन, गुडविल र गुहेश्वर मर्चेन्ट फाइनान्सले यो अवधिमा ८० करोडमाथि पुँजी पुर्याएका हुन् । सबैभन्दा बढी चुक्ता पूँजी आइसीएफसी फाइनान्सको रहेको छ भने सर्वा्धिक खुद मुनाफा पनि सोही कम्पनीले आर्जन गरेको तथ्यांकले देखाउँछ । कम्पनीले चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँ पुर्याएको छ भने खुद मुनाफा ७ करोड १८ लाख रुपैयाँ कमाएको छ । जगेडाकोषमा भने पोखरा फाइनान्सले ४१ करोड ७३ लाख रुपैयाँ छुटाएको छ ।
सबैभन्दा कम चुक्ता पूँजी मल्टिप्रपोज फाइनान्सको ४ करोड १४ लाख रुपैयाँ रहेको छ, जसको मुनाफा १२ लाख रुपैयाँ रहेको छ । यो अवधिमा प्रेग्रोसिभ फाइनान्स ८० लाख रुपैयाँ नोक्सानमा रहेको छ, जसको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा सबैभन्दा कम २२ करोड ४६ लाख रुपैयाँ नेगेटिभमा कुबेर मर्चेन्ट फाइनान्सको रहेको छ ।

कर्जा, खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा
फाइनान्स कम्पनीमा दोस्रो त्रैमासमा सबैभन्दा बढी कर्जा प्रवाह र खुद ब्याज आम्दानीमा आइसीएफसी फाइनान्सको देखिएको छ । कम्पनीले समीक्षा अवधिमा ६ अर्ब ६ करोड ८२ लाख रुपैयाँ लगानी रहेको छ भने १२ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । सञ्चालन मुनाफामा भने सबैभन्दा अगाडि ६ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।
कुबेर मर्चेन्ट फाइनान्स कम्पनीले दोस्रो त्रैमासमा कर्जा लगानी गरेको देखिएको छैन । त्यस्तै हाथवे इन्भेष्टमेन्ट सञ्चालकको रुपमा छिरेको अरुण फाइनान्सले १० करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कुबेरको खुद व्याज आम्दानीमा ७५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । संचालन मुनाफामा सबैभन्दा कम सिनर्जी फाइनान्सको १३ करोड ३६ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७४, मंगलवार ०७:१६