सूचनाको शक्ति - The Power Of Information

        

फागुन २४ देखि तिलोत्तमा गोल्डकपको २० औं संस्करण


बुटवल । राजधानी बाहिरको सबैभन्दा पुरानो फुटबल प्रतियोगिता बुटवलको तिलोत्तमा गोल्डकपको २० औं संस्करण आगामी फागुन २४ गतेदेखि शुरु हुँदैछ । पश्चिम नेपालमै ऐतिहासिक प्रतियोगिताका रुपमा पहिचान बनाएको तिलोत्तमा गोल्डकप फुटवल प्रतियोगिताको २० औं संस्करणमा नेपाल, भारत र भुटानका ए डिभिजनका १६ टिम सहभागि हुनेछन् ।
चैत्र ३ गतेसम्म संचालन हुने सो प्रतियोगितामा उपाधी बिजेतालाई ७ लाख ७७ हजार ७७७ रुपैयाँ पुरस्कार राशी सहित गोल्डकप, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यस्तै दोश्रो हुने उपबिजेता टिमलाई ४ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार राशी सहित शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताका सर्बोत्कृष्ठ खेलाडीलाई १ थान मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ भने विधागत उत्कृष्ठ ५ जनालाई जनही २१ हजार पुरस्कार दिइने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले जनाएको छ । संघका अध्यक्ष दिर्घबहादुर केसीका अनुसार प्रतियोगिता संचालन गर्न करिब ८५ लाख खर्च लाग्ने र प्रतियोगिताको संस्थापक बुटवल उपमहानगरपालिकाले १० लाख मात्र सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आइतवार १०:१७