सूचनाको शक्ति - The Power Of Information

        

कान्ति बन्यो एसईईमा प्रदेशकै प्रथम

बुटवल । २०७३ को एसईई नतिजामा बुटवलको कान्ति माध्यमिक विद्यालय प्रदेश नम्बर ५ मा प्रथम भएको छ । ३८ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा विद्यालयलाई तत्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठले कक्षा १० को नतिजामा विद्यालय प्रदेशकै उत्कृष्ट नतिजा ल्याएको प्रमाणपत्र प्रदान गरेका थिए । २०७३ को एसईई परीक्षामा २२५ जना विद्यार्थी सहभागी भएकोमा ३४ जनाले ए प्लस नतिजा ल्याएका थिए ।
यसअघि २०७१ सालमा पनि कान्तिले पश्चिमान्चल प्रथम हुने अवसर प्राप्त गरेको थियो । विसं. २००८ सालमा स्थापना भएको विद्यालय यस क्षेत्रकै पुरानो मध्येको विद्यालयले समयसापेक्ष शैक्षिक योगदान दिँदै आएको प्रधानाध्यापक गोविन्द ज्ञवालीले बताए । विद्यालयमा बाल शिक्षादेखि १२ सम्म दुई हजार पाँच सय विद्यार्थीहरु र १०८ जना शिक्षक कर्मचारी रहेका छन् । एसईई परिक्षाका विद्यार्थीहरुलाई समेत आवासिय सेवा दिदै आएको उनले बताए ।
प्राविधिक शिक्षा अध्यापन गराउने धेरै प्रयास हुदा पनि स्वीकृत पाउन नसकेको उनको भनाई छ । गणेश जनता प्रावि तेजबिर सिहले शुरु गरेको विद्यालय गणेश जनता माविका रुपमा परिचित हुँदै विद्यालय कान्ति भएर सञ्चालन आएको छ । दुई विगाहा १६ कठ्ठा क्षेत्रफलमा रहेको आधुनिक सुविधा सम्पन्न भवनमा अध्ययापन हुँदै आएको छ । प्रथम भएको खुशीयालीमा विद्यालयले शुक्रबार विजय ¥याली निकालेको थियो । विद्यालयबाट शुरु भएको ¥याली बुटवलबजार परिक्रमा गरेको थियो । विद्यालयमा हाल २ हजार ५२५ विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७४, शनिबार ०५:०९