सूचनाको शक्ति - The Power Of Information

        

नेपाल औपचारीकरुपमा संघीयतामा प्रवेश, सातवटै प्रदेशले पाए मुख्यमन्त्री


काठमाडौं । स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव भएपछि नेपाल औपचारीक रुपमा संघीयतामा प्रवेश गरेको छ र नेपालका सातवटै प्रदेशले मुख्यमन्त्री पनि पाइसकेको छ । नेपालको संविधानले नेपाललाई सात वटा प्रदेशमा विभाजन गरेको छ ।
गाउँगाउँमा सिंहदरवारको अधिकार पुर्याउने योजनाका साथ संविधानले स्थानीय, प्रदेश र संघ सरकारको व्यवस्था पनि गरेको छ । संविधानले व्यबस्था गरे अनुसार नेपालमा तीनै तहको सरकार बनिसकेका छन् ।
नेपाल औपचारिक रुपमा प्रदेशमा गइसकेपछि अब विकास निर्माणका काम देखि स्थानीय स्रोत साधन प्रयोगको अधिकार पनि त्यही निकायलाई नै हुनेछ । सरकारले नेपालका सातवटा प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ ।
जसअनुसार प्रदेश नम्बर १ को राजधानी बिराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकेको छ । अस्थायी मुकामसँगै हरेक प्रदेशले अबको पाँच वर्षका लागि मुख्यमन्त्री पनि पाइसकेका छन् ।
जसअनुसार प्रदेश नम्बर १ मा शेरधन राई, २ मा लालबाबु राउत, ३ मा डोरमणि पौडेल, ४ मा पृथ्वीसुब्बा गुरुङ, ५ मा शंकर पोखरेल, ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार ११:२०