हात्तीपाइले रोगविरुद्धको औषधि सेवन प्राथमिकता साथ लिनुपर्ने
।
बाँके । नेपालगन्ज वडा नम्बर ४ को कार्यालयमा बिहीबार हात्तीपाइले रोग निवारण सम्वन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । यही फाल्गुन १२ देखि १४ गतेसम्म खुवाइने हात्तीपाइले रोगविरुद्धको अभियानलाई प्रभावकारी बनाउन कार्यक्रम गरिएको हो ।
वडा नम्बर ४ का वडा अध्यक्ष मो.सफिक बेहनाको अध्यक्षयतामा भएको कार्यक्रममा समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायत २५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष बेहनाले हात्तीपाइले रोग गम्भीर भएकोले यसबाट बच्न सबैले औषधि सेवन गर्नु राम्रो रहेको बताएका थिए ।
साथै अध्यक्ष बेहनाले हात्तीपाइले रोगविरुद्धको अभियानलाई प्राथमिकता साथ लिनुपर्ने बताउँदै यसको औषधि सेबन गर्न कतिपय नागरिक डराउने भएको हुँदा उक्त दिनमा आफुले सबैभन्दा पहिला औषधि गर्ने बताउँदै सम्पूर्ण वडाबासीलाई सेवन गराउने समेत बताए ।
।