बाँके । व्यापार संगठनसँग महिला शसक्तीकरण समुहका सदस्यको पहुँच बढाउनका लागि आज नेपालगन्जमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । फातिमा फाउण्डेशन नेपाल नेपालगन्जको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा फातिमाले विगत ४ बर्षदेखि जिल्लाका विभिन्न स्थानमा संचालन गरेको साझेदारी परियोजना कार्यक्रमको समिक्षा तथा व्यवसाय प्रवद्र्धन गराउनको लागि अन्तरक्रिया कार्यक्रम गरिएको जनाएको छ ।
साझेदारी कार्यक्रम अन्तर्गत साविकका गाविसमा संचालित आर्यआर्जन कार्यक्रम संचालन गर्दै आएका महिला समूहको आयआर्जन तथा व्यवासाय प्रवद्र्धनका लागि गरिएको अन्तरक्रिया कार्यक्रममा बाँकेका ८५ समुहका २ हजार २२६ जना गरिएको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले बाख्रापालन, भैसीपालन, कुखुरापालन, तरकारी खेती देखि किराना पसल, घुम्ती पसल लगायतका विभिन्न व्यवसाय गरिरहेका छन् । उनिहरुको व्यवसाय प्रवद्र्धनका लागि आत्मदबल बढाएर बजारीकरणसम्म पु¥याउनको लागि सहकार्य गरी उद्यमी बन्न पहल गर्ने फातिमा फाउण्डेशनका संस्थापक अध्यक्ष मोहम्मदी सिद्धिकीले बताइन् ।
नेपालगन्जमा सञ्चालन गरिएको वित्तिय संस्थासंग महिला शसक्तीकरण समुह सदस्यको पहँुच गराउनका निम्ती १५ जना प्रशिक्षकले प्रशिक्षण दिएका थिए । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, होटल व्यवसायी संघका अध्यक्ष प्रेम बहादुर खत्री, नेपालगन्ज उद्योेग वाणिज्य संघका सदस्य विष्णु कुमारी ठकुरी, रामारानी गुप्ता, दिपाली टण्डन लगायत १५ जनाले प्रशिक्षण दिएका थिए । साना साना उद्यमीलाई प्रोत्साहन गरी ठुलो उद्यमीतिर आकर्षण गर्ने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा ७८ जनाको सहभागिता रहेको थियो ।
।