सूचनाको शक्ति - The Power Of Information

        

पोषकराज बने सिटिजन लाइफ इन्स्योरेन्सको सिइओ

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । बीमा क्षेत्रमा १५ वर्ष, वित्तिय क्षेत्रमा ६ वर्षको अनुभव भएका पौडेल गत साता सिटिजनमा सीईओ नियुक्त भएका हुन् । उनी यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुख थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए, एसिएस र एफएलएमआई अध्ययन गरेका पौडेलले अन्तराष्ट्रिय क्षेत्रमा तालिम समेत लिएका छन् । सिटिजन लाइफ इन्स्योरेन्सले गत कात्तिकदेखि व्यवसायिक कारोबार थालेको हो । हाल ३२ वटा शाखा कार्यालयबाट सेवा प्रदान गरेको कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।
यस कम्पनीले पुस मसान्तसम्म बीमा शुल्कवापत ७ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । सिटिजनले वैदेशिक रोजगार बीमाबाट ६ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ भने अन्य पोलीसीबाट १ करोड १८ लाख रुपैयाँमात्रै बीमा शुल्क आर्जन गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहीबार ०५:३३