सूचनाको शक्ति - The Power Of Information

        

रुकुममा ग्लोबल आइएमईको शाखारहित सेवा


काठमाडौं । ग्लोबल आइएमई बैंकले रुकुमको सानीभेरीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबारदेखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा आफ्नो ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको हो ।
बुधबार सानीभेरी गाउँपालिका प्रमुख नरबहादुर पुनले एक समारोहकाबीच उक्त शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरे । बैंकले स्थानीय जीवन खड्कालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेर सेवा सञ्चालनमा ल्याएको हो ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि र सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार ११:३०