बाँके । नेपालगन्ज उपमहानगरपालिका–४ अन्तरगत प्रगतिपथ टोल विकास समितिमा शिवपार्वती मन्दिरको शिलान्यास गरिएको छ । महाशिवरात्रिको अवसर पारेर मंगलबार मन्दिरको शिलान्यास गरिएको गरिएको हो । करिव २५ लाखको लागतमा निर्माण हुने मन्दिरको लागि स्व.रामप्यारी कुर्मीले २०१७ सालमा यस स्थानमा मन्दिर हुनुपर्छ भन्दै शिवपार्वती मन्दिरको लागि एक विगाहा जग्गा दान गरेकी थिइन् ।
शिलन्यास कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, काँग्रेसका नेपालगन्ज उपमहानगरका सभापति प्रशान्त बिष्ट, ४ नम्बर वडाका अध्यक्ष मो.सफिक बेहना, वडा सदस्य इन्दिरादेवी शाही, मेनका जोशी, जयपत्रा कोरी, समाजसेवी युवराज कोइराला, वडा नागरिक मञ्चका पूर्व संयोजक केशवराज भट्टराई, मो.सलीम मुसलमान, अब्दुल कादिर हलवाई (चाँद बाबु) लगायतको उपस्थिति रहेको थियो ।
गत स्थानीय चुनावअघि वडा अध्यक्ष बेहनाले म मुश्लिम धर्मको भए पनि लामो समयदेखि अधुरो रहेको मन्दिरको सपना पुरा गर्छु भन्ने वाचासँगै हालमा आएर त्यों काम पूरा हुने भएको छ । मन्दिरको शिलन्यास गर्दै वडा अध्यक्षले व्यक्तिगत ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मन्दिरको लागि अन्य आर्थिक तथा भौतिक सामाग्रीको सहयोग भने आफुले आफ्ना साथीभाईसँग सहयोग माग्ने अध्यक्षले बताएका छन् ।
।