सूचनाको शक्ति - The Power Of Information

        

पश्चिम नेपालको अध्यक्षमा खरेल निर्वाचित


रुपन्देही । पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा तेश्रो कार्यकालका लागि दधिराम खरेल निर्वाचित भएका छन् । सोमबार अबेर राति सकिएको मतगणना अनुसार वामगठबन्धनको उम्मेदरवार बनेका माओवादी केन्द्रका खरेलले नेपाली काँग्रेसका उम्मेदवार दामोदर ज्ञवालीलाई पराजीत गर्दै तेश्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा नारायण घिमिरे, उपाध्यक्षहरुमा जीवनकुमार बञ्जाडे र गोपाल पौडेल, महासचिवमा पदमराज गाहा, सचिवमा रामचन्द्र भुसाल, सहसचिवमा चेतनारायण बेल्वासे र सुरेन्द्र श्रेष्ठ तथा कोषाध्यक्षमा मोहन पिएस विजयी भएका छन् । लेखा समितिको संयोजकमा केशवराज पन्थी निर्वाचित भएका छन् ।
नौं सदस्यीय पदाधिकारीमा महासचिव गाहा र सहसचिव श्रेष्ठ मात्रै नेपाली कांग्रेस निकट व्यवसायी हुन् । २ हजार ३८५ सदस्य रहेको देशकै ठुलो यातायात व्यवसायीहरुको संस्था बस व्यवसायी संघको अधिवेसनमा २ हजार २०८ मत खसेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार १२:०४