सूचनाको शक्ति - The Power Of Information

        

मुनाफा वृद्धि गर्दै राष्ट्रिय बीमा कम्पनी


काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ३७ करोड २५ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४२ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २६ करोड १६ लाख रुपैया आर्जन गरेको थियो ।
२६ करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १ अर्ब ९८ करोड १४ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब २६ करोड ३० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ३८ दशमलव ८३ प्रतिशतले घटेर ४९ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १६५ दशमलव ९५ प्रतिशतले बढेर १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीले ४९ करोड ७६ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ भने कुल दाबी भुक्तानी ३ करोड ४३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३९ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ९६ दशमलव ९९ गुणा, प्रति शेयर नेटवर्थ ८४३ दशमलव ११ रुपैयाँ र तरलता अनुपात २ दशमलव ९४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार ०६:५०