सूचनाको शक्ति - The Power Of Information

        

अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन दाङमा

देवी भण्डारी । दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन दाङमा हुने भएको छ । अखिल नेपाल विद्यार्थी संघले आज घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो । आगामी फागुग २७ देखि ३० गतेसम्म दाङमा २१ औँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को बैठकले गरेका निर्णयहरुको वारेमा पनि सम्मेलनमा जानकारी गराएको थियो । अखिल नेपाल विद्यार्थी संघले राष्ट्रिय सम्मेलन हुनुभन्दा अगाडि यस क्षेत्रका जिल्लाहरुमा सम्मेलन गर्ने जनाएको छ । त्यस्तै २३ औँ जनयुद्ध दिवस, सहिद सप्ताह, बलिदान दिवस, र विनोज अधिकारी स्मृति दिवसलाई भव्यरुपमा सम्पन्न गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।
साथै रुकुम त्रिवेणी गाउँपालिका सचिव दिनेस खड्काले अखिल नेपाको नाम लिँदै धम्की दिने र चन्दा आतंक मच्चाउने गरेको भन्दै त्यस्तो गतिविधि नगर्न आग्रह गर्दै पुनः यस्तो कार्य गरे कडा कार्वाही गर्नै चेतावनीसमेत दिएको छ । अखिल नेपालका राप्ती क्षेत्रीय समन्वय समितिका संयोजक नरेन्द्र विकको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पत्रकार माहासंघका सचिव भुपेन्द्र वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण दाङ जिल्ला अध्यक्ष प्रितिमा चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २८ माघ २०७४, आइतवार ०७:४७