सूचनाको शक्ति - The Power Of Information

        

हकप्रद सेयर निष्काशन गर्दै नौं कम्पनी (सूचीसहित)


काठमाडौं । पुँजी वृद्धिका लागि बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने क्रम जारी रहेको छ । कतिपय बैंक तथा वित्तीय संस्था हकप्रद निष्काशनको अनुमतिका लागि नियामक निकाय धितोपत्र बोर्डको स्वीकृतिको पखाईमा छन् भने कतिपय हकप्रद बिक्रीको प्रक्रियामा छन् । यसै क्रममा यी ९ बैंक तथा वित्तीय संस्थाहरुको हकप्रद सेयर निष्काशन गरिरहेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले पुस १७ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रदमा मंसिर २६ गतेसम्म कायम सेयरधनीले माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । बैंकले १ करोड ८ लाख ६७ हजार ७९८.५० कित्ता हकप्रद निष्काशन गरेको हो ।

सेन्ट्रल फाइनान्स लिमिटेड
सेन्ट्रल फाइनान्सले पुस २३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । फाइनान्सले २६ लाख ३ हजार कित्ता सेयर निष्काशन गरेको हो । हकप्रदमा पुस ३ गतेसम्म कायम शेयरधनीले माघ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । फाइनान्सको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केटस् रहेको छ ।

पोखरा फाइनान्स लिमिटेड
पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले चुक्ता पुजीको १५ प्रतिशत अर्थात् ९ लाख ८३ हजार ६८२ कित्ता सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा पुस १३ गतेसम्म कायम सेयरधनीले फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ ।

ग्रिन डेभलपमेन्ट बैंक
यस बैंकले १ बराबर ४ को अनुपातमा माघ २ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले ४० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयरमा पुस १६ गतेदेखि कायम सेयरधनीले फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


प्रभु बैंक लिमिटेड
प्रभुले ४० प्रतिसत हकप्रद शेयर माघ ७ गतेदेखि निष्काशन गरेको छ । प्रभुले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा पुस २० गतेसम्म कायम सेयरधनीले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

कर्णाली विकास बैंक
कर्णाली विकास बैंकले १ बराबर २.२५ अनुपातमा हकप्रद सेयर माघ ११ गतेदेखि निष्काशन गरेको छ । बैंकको हकप्रदमा पुस १९ गतेसम्म कायम सेयरधनीले फागुन १६ गतेसम्म सेयरमा आवेदन दिन सक्नेछन् । बैंकले ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंक लिमिटेडले माघ ११ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १० बराबर १ को अनुपातमा २० लाख ८ हजार ८७८.२० कित्ता सेयर बिक्री खुलाएको हो । हकप्रदमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी
कम्पनीले माघ १५ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले १० बराबर ८ दशमलव ३ कित्ता अनुपातमा २८ लाख ६८ हजार २२५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रदमा पुस २९ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

कामना सेवा विकास बैंक
बैंकले माघ १५ गतेदेखि हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १० बराबर १.५ अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद निष्काशन गरेको हो । बैंकले निष्काशन गर्न लागेको उक्त हकप्रद सेयरमा माघ २ गतेसम्म कायम लगानीकर्ताले फागुन २० गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ ।

नेको र एसियन तयारीमा
नेको इन्सयोरेन्स कम्पनीको ५० प्रतिशत हकप्रद सेयर माघ २६ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३९ लाख २० हजार ९२८.११ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा माघ ९ गतेसम्म कायम सेयरधनीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यपिटल लिमिटेड रहेको छ ।
यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयरमा माघ ७ गतेसम्म कायम सेयरधनीले चैत १८ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०६:३२