सूचनाको शक्ति - The Power Of Information

        

विद्यार्थीले गर्न थाले शिक्षकको हाजिरी !


रेनुका गिरी । बुटवल । अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जान थालेका छन् । शिक्षकहरु १० बजेभन्दा केही ढिला र ४ बजेभन्दा अघि हिड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीले शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो ।
शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरु समयमा विद्यालय जाने र ४ बजेमात्र विद्यालय छाड्ने गरेको जिल्ला शिक्षा कार्यलयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिए । जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र यो अभियानलाई अर्को बर्षदेखि सबै विद्यालयमा सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी राउतको भनाई छ ।
शिक्षाको गुणस्तर बृद्धि गर्नकालागि सबै एक भएर लाग्नुपर्ने सन्धिखर्क नगरपालिकाका शिक्षा संयोजक बलराम मिश्रले जानकारी दिए । यसैबीच जिल्ला युवा समितिको कार्यालयले युवाका सवालहरु मिडियामा उठान गर्न आह्वान गरेको छ । युवाहरुका साझा मुद्दा मिडियामा उठान गरेपछि मात्र निकास हुने भएकाले युवाहरुका मुद्दा उठान गर्न जिल्ला युवा समितिका अध्यक्ष लिलबहादुर राउतले बताए ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०५:५९