सूचनाको शक्ति - The Power Of Information

        

हावाबाट विद्युत् निकाल्न सम्भाव्यता अध्ययन


बाँके । बाँकेको खजुरास्थित क्षेत्रीय कृषि तालीम केन्द्रको परिसरभित्र हावाबाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । करिब दुई वर्षसम्म सम्भाव्यता अध्ययनपछि प्राप्त नतिजाका आधारमा विद्युत् निकाल्ने सकिने वा नसकिने यकिन हुने जिल्ला समन्वय समिति बाँकेका ऊर्जा इञ्जिनीयर रामबाबु यादवले बताए ।
खजुरामा पाँच महिनाअघि हावाको गति मापनका लागि ८० मि अग्लो टावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निजी क्षेत्रले हावाको गति मापन गरिरहेको छ । दुई वर्षका अवधिमा पटक पटक अनुगमन गरी हावाको गतिबारे जानकारी लिइने छ । अहिले पनि एक पटक हावाको गतिका बारेमा जानकारी लिइसकिएको इञ्जिनीयर यादवले बताए ।
हावाको गति मापनका लागि पंखासहितको टावरमा सफ्टवेयर राखिएको छ । यादवले भने, ‘दुई वर्षसम्म प्राप्त हुने तथ्यांकका आधारमा हावाबाट विद्युत् निकाल्न सकिने वा नसकिने भन्ने यकिन हुन्छ ।’ तराईका जिल्लामा बाँकेमा पहिलो पटक हावाबाट विद्युत् उत्पादनका लागि अध्ययन थालिएको हो ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०४:१६