सूचनाको शक्ति - The Power Of Information

        

होटल दरबारमा १४ वर्षीया बालिका बलात्कृत


बाँके । नेपालगन्जमा एक होटलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । नेपालगन्ज पुष्पलाल चोक नजिक रहेको होटल दरबारमा बिहीबार राती बालिका बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले बालिका बलात्कृत भएको पुष्टी गरे । ‘बालिकाले आफुमाथि बलात्कार भएको भनेर उजुरी गरेकी छन्,’ प्रहरी निरीक्षक विष्टले भने, ‘अहिले बालिकालाई मेडिकलका लागि अस्पताल ल्याएका छौँ ।’
घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले भने, ‘प्रराम्भिक अनुसन्धान अनुसार बालिका बलात्कृत भएको देखिन्छ ।’ प्रहरीका अनुसार बलात्कृत बालिका बाँके बैजानाथ गाउँपालिका चिसापानी हुन् । बालिकासँगै अन्य एक युवती पनि रहेकी थिइन् । बिहीबार राती साढे १० बजेतिर बालिकाले युवकले आफुलाई होटलको कोठामा जबरजस्ती बलात्कार गरेको जानकारी दिइन् । त्यस लगत्तै प्रहरीले युवकको खोजी तिव्र पारेको थियो ।
सवा ११ बजे कोहलपुरबाट प्रहरीले भाग्दै गरेको अवस्थामा बलात्कारको आरोप लागेका युवकका साथीलाई नियन्त्रणमा लिएको छ । बत्लाकारको आरोप लागेका युवक भने फरार रहेका छन् । प्रहरी स्रोतका अनुसार होटलको २१० नम्बर कोठामा बालिका बलात्कृत भएकी हुन् । मध्यराती नै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले टोलीले होटललाई नियन्त्रणमा लिएर कोठाहरुमा सर्च गरेको थियो ।
होटलको कोठा नम्बर २१० बाट भित्री वस्त्र र बियरका बोत्तलहरु बरामद गरिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । युवकहरुले होटलका २ वटा कोठाहरु बुक गरेका थिए । बत्लाकारको आरोप लागेका युवक पश्चिम रुकुमका रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७४, शुक्रबार ०७:४५