सूचनाको शक्ति - The Power Of Information

        

जनता बैंकले आइएमई लाइफ इन्स्योरेन्सका योजना बेच्ने सम्झौता


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्सका तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै जनताका कुनै पनि शाखाबाट छिटो, छरितो र सहजरुपमा आइएमईको जीवन बीमा सम्बन्धी जानकारी सर्वसाधारणले पाउने छन् । त्यस्तै ति योजनामा संलग्न हुन सक्नेछन्। आइएमईले हाल ४२ शाखामार्फत सेवाप्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ११:०६