सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभामा वाम वर्चस्व, एमालेलाई २७ सिट

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनाकै टुंगो लागेको छ । राष्ट्रियसभामा वाम गठबन्धनको वर्चस्व देखिएको छ । ५६ मध्ये ३९ सिटमा वामपन्थी गठबन्धनले जितिसकेका छन् । एमाले एक्लैले २७ सिट जितेको छ ।
माओवादीले १२ र कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान २/२ सिट जितेका छन् । कुल ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ ।

कसले कहाँ जिते, सूचीसहित

प्रदेश १
नैनकला ओझा (एमाले/निर्विरोध)
बिना पोखरेल (माओवादी/निर्विरोध)
सरिता प्रसाईं (कांग्रेस/निर्विरोध)
पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध)
रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध)
हरिचरण शिवाकोटी (एमाले/निर्विरोध)
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध)
मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध)
प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध)
जितेन्द्र देव (कांग्रेस/निर्विरोध)
रमेश यादव (राजपा/निर्विरोध)
सुमन प्याकुरेल (एमाले/निर्विरोध)
रामप्रित पासवान (संसफो/निर्विरोध)
वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)

प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस)
उदया शर्मा पौडेल (एमाले)
दिलकुमारी रावल (एमाले)
सिंगबहादुर विश्वकर्मा (एमाले)
रामचन्द्र राई (एमाले)
राधेश्याम अधिकारी (कांग्रेस)
बलरामप्रसाद बाँस्कोटा (एमाले)
रामबहादुर थापा (माओवादी/३,३९६)

प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस/निर्विरोध)
विन्दादेवी आले (कांग्रेस/२,२७४)
दिपा गुरुङ (एमाले/१,७१६)
शान्तिकुमारी अधिकारी जिसी (एमाले/१,५१२)
सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२)
गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२)
दिनानाथ शर्मा (माओवादी/१,५३०)
खिमकुमार विक (माओवादी/३,३९६)

प्रदेश ५
कोमल वली (एमाले/निर्विरोध)
मीना बुढा (एमाले/निर्विरोध)
अनिता देवकोटा (कांग्रेस/निर्विरोध)
दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८)
खिमलाल भट्टराई (एमाले/३,००६)
चन्द्रबहादुर खड्का (माओवादी/२,२८०)
रामलखन चमार (एमाले/५,५०८)
राजकुमार कुँवर (माओवादी/५,३४०)

प्रदेश ६
कविता बोगटी (एमाले)
नन्दा चपाई (एमाले)
यूटोल तामाङ (माओवादी)
नरपति लुवार (एमाले/३,६६६)
जीवन बुढा (माओवादी/३,७२०)
ठगेन्द्रप्रकाश पुरी (एमाले)
भैरवसुन्दर श्रेष्ठ (एमाले)
कालीबहादुर मल्ल (माओवादी)

प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस/निर्विरोध)
कमला ओली (एमाले/निर्विरोध)
इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध)
बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध)
शेरबहादुर कुँवर (एमाले/निर्विरोध)
हरिराम चौधरी (माओवादी/निर्विरोध)
चक्रप्रसाद स्नेही (एमाले/३,७०८)
महेशकुमार महरा (माओवादी/३,७०८)

प्रकाशित मिति : २५ माघ २०७४, बिहीबार ०४:१५