सूचनाको शक्ति - The Power Of Information

        

एनआइसी एसियाले ल्यायो सिआस्बा कार्यान्वयनमा

काठमाडौं । एनआइसी एसिया बैंकले सिआस्बा प्रणाली सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले आउँदो फागुन ११ गतेबाट सार्वजनिक निष्काशनमा सेयर खरिद बिक्री गर्न आवेदन दिँदा सिआस्बा अनिवार्य गरेपछि बैंकले यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार बैंकका ग्राहकहरुले अब तत्काल सिआस्बा रजिस्ट्रेसन नम्बर पाउँछन् । बैंकका १६८ वटै शाखाबाट यो सेवा उपलब्ध हुने जनाइएको छ । सिआस्बार रजिष्ट्रेसन नम्बरमार्फत ग्राहकहरुले मेरो सेयरमार्फत सेयर बजारमा लगानी गर्न पाउने बैंकले जनाएको छ । यस्तै अनलाइन आवेदन दिन नसक्ने ग्राहकले बैंकको जुनसुकै शाखामा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०९:३८