सूचनाको शक्ति - The Power Of Information

        

मुलुक समृृद्धि र विकासको दिशामा : मन्त्री गौतम

देवी भण्डारी । दाङ । सिँचाई मन्त्री तथा प्रतिनिधिसभा सदस्य सञ्जय गौतमले संविधान कार्यान्वनसँगै मुलुक अब समृृद्धि र विकासको दिशामा अघि बढ्ने बताएका छन् । उनले अब बन्ने वामगठबन्धनको सरकारलाई शुभकामना पनि दिएका छन् ।
मन्त्री गौतमले अहिले नेकपा एमाले तथा माओवादी केन्द्रले काँग्रेसका कारण सरकार बन्न नसकेको भन्ने आरोप मिथ्या भएको दाबी गरे । रिपोर्टस क्लव दाङले आज घोराहीमा गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गौतमले राष्ट्रियसभाको निर्वाचन सकिएसँगै नयाँ सरकारका लागि अवरोध नहुने बताए ।
अहिलेको सरकारले धमाधम सहिद घोषणा गर्दा भएको आलेचनालाई कसरी लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा संकटकालमा मारिएका सबैलाई सम्मान दिन सहिद घोषणा गरिएको र यसमा आलोचना गर्नको औचित्य नभएको स्पष्ट पारे । रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण धुर्वराज न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ०९:००