देवी भण्डारी । दाङ । राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेश नम्बर ५ को मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा मतदान भैरहेको छ । विहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
एउटा प्रदेशबाट ८ जना राष्ट्रियसभा सदस्य चयन गर्नका लागि भैरहेको यो निर्वाचनमा दाङमा पाँच जना सदस्य चयनका लागि मतदान चलिरहेको छ । यसअघि तीन जना महिला सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका छन् ।
पाँच सदस्य चयनका लागि ८ जना प्रतिष्पर्धि चुनावी मैदानमा छन् । ५ नम्बर प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि १२ जिल्लाका ३०५ जना मतदाता हरुले मतादान गर्ने छन । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले यो निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
।