दाङ । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ४१ लाख नगद रकम लिएर घोराही उपमहानगरपालिका–१५ का विशाल बस्नेत फरार भएका छन् । स्थानीय युवाहरुलाई प्रलोभनमा पारेर ठगी गरी फरार रहेको पीडित युवाहरुले बताएका छन् । घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूहरु ठगिएको युवाहरुले जानकारी दिएका छन् ।
तुलसीपुर निवासी पीडित युवाहरु डोजराज कालाथोकी, अर्जुन बुढाथोकी, अर्जुन बिके, सुमन वली, सुर्य बिसी र घनश्याम विष्टका अनुसार घोराही–१५ का बस्नतेले बैदेशिक रोजगारमा डेनमार्क पठाइदिने भन्दै ४१ लाख नगद रकम ठगेर फरार रहेको भन्दै उक्त रकम असुल गरिदिनका लागि सबैमा अनुरोध गरेका छन् ।
पीडित युवाहरुका अनुसार फरार रहेका विशाल बस्नेतले आफनो बुवा श्रमराज्य मन्त्रीको स्वकीय सचिव रहेको र आफुहरुलाई सजिलै सरकारी भिसामा डेनमार्क पुर्याइदिने भन्दै एकजना ब्यक्तिवाट साढे ७ लाख रुपैयाँसम्म रकम लगेको जनाइएको छ । बस्नेतले आफुले विदेश पठाउन नसके दोब्बर रकम फिर्ता गर्ने वाचा गर्दै तमसुक समेत गरेको पीडित युवाहरुले बताएका छन् ।
।