सूचनाको शक्ति - The Power Of Information

        

दाङ महोत्सवमा ७५ प्रतिशत स्टल बुकिङ्ग

दाङ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ का लागि हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भैसेकेको महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोसत्व मुलआयोजक समितिका सहसंयोजक टंकसिह बुढाथोकीका अनुसार अहिलेसम्म बुकिङ भएका स्टलहरुमा अधिकासं कृर्षी, स्थानीय उत्पादनका समाग्री र स्थानीय उद्योगहरुवाट उत्पादीत सामाग्रीको रहेका छन् ।
यस वर्ष महोत्सवमा २१२ वढी स्टलहरु मात्र राखिएकाले स्टल बुकिङ गर्न पोख्रेलले सम्पूर्ण उद्यमी, कृषक एवं स्थानीय व्यवसायीहरुलाई आग्रह गरेका छन् । यस्तै महिला उद्यमी तथा धार्मिक उपसमिति संयोजक विन्दु दाहालले महोत्सव अवधिभर निशुल्क झोला बुनाई, होजियारी, अल्लो सम्बन्धी र गुडिया बनाउने तालिमको समेत आयोजना गरिएको जानकारी दिइन् ।
मेला अवधिभर निशुल्क तालिम लिई आफ्नो सीप विकास गर्न महिलाहरुलाई आग्रह गरेकी छन् । यस्तै महोत्सव स्थलमा स्र्वगद्धारी प्रभुमहाराजको प्रतिमा, पाण्डवेश्वर मन्दिर धारापानीको प्रतिमा शिवलिङ्ग र विश्वकै अग्लो त्रिसुलको प्रतिमा राखेर दैनिकरुपमा पूजाआजा गर्ने र हरेकदिन विहान योग अभ्यास गर्ने व्यवस्था गरिएको पनि महिला उद्यमी तथा धार्मिक उपसमिति संयोजक दाहालले जानकारी दिइन् ।
यस वर्षको महोत्सवमा करिव ५ लाख दर्शकलाई प्रत्यक्ष अवलोकन गराउने, एसियाकै ठुलो उपत्यका दाङ उपत्यकाको प्रचारप्रसारका साथै यसको संरक्षण तथा सम्वद्र्धनमा सवैको ध्यानाकर्षण गराउने, दाङ सहित ५ र ६ प्रदेशवाट उत्पादित बस्तुहरुको संकलन तथा विक्रीका लागि कोशेली घरको सुरुवात गर्ने तथा करिव २० करोडको आर्थीक कारोवार गर्ने लगायतका लक्ष्यहरु राखिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७४, मंगलवार ११:१०