रौतहट । चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएका भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर आज हस्तान्तरण गर्न लागिएको छ । कलाकार सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे ९सुन्तली०को पहलमा उक्त घरहरु निर्माण गरिएको हो ।
धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती निर्माणका लागि गत असोज ४ गते शिलान्यास गरिएको थियो । नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लब घर, भ्यू टावर समेत निर्माण भएका छन् ।
गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो । करिब रु पाँच करोड ९६ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैँ खटेर काम गर्दै आएका थिए ।
यो एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष तथा कलाकार धुर्मसले बताए । धुर्मुस–सुन्तली फाउण्डेशनको यो चौथो परियोजना हो ।
।