सूचनाको शक्ति - The Power Of Information

        

खरले छाएका घरमा टिन लगाउँदै घोराहीबासी


जयन्ती चौधरी । दाङ । घोराही उपमहानगरपालिका १६ ले वडाभित्रका स्थानीयहरुको खरले छाएका घरहरुमा टिन लगाउने प्रकृया सुरु गरेको छ । वडाभित्र रहेका ४८ घरधुरीमा खर र फुसको छानो भएको र ति घरहरुमा टिन लगाउने प्रकृया सुरु गरिएको वडा अध्यक्ष लछिनप्रसाद बुढाले जानकारी दिए ।
ईन्जिनियरमार्फत प्राविधिक नापजाँच सकिएको र ति खरका छानो भएका घरहरुका छिट्टै टिनको व्यवस्था गरिने वडा कार्यालयले जनाएको छ । साथै अहिले वडा सचिब र प्राबिधीक मार्फत घरहरुको विवरण सँगै घरको साईजका बारेमा अध्ययन भैरहेको छ ।
आर्थिक अबस्था कमजोर भएकाहरुको मात्रै खरका छाना रहेको भन्दै वडा अध्यक्ष बुढाले स्थानीयहरुले गोठमा समेत टिनको व्यवस्था गर्न माग गराखेको बताए । अहिले वडाका खरका छानो हटाएर टिन लगाउने कामका लागि करिब १४ लाख रुपैयाँ आवश्यक देखिएको छ । वडा कार्यालयले टिनको मात्रै व्यवस्था गर्ने र अन्य आबस्यक सामाग्रिहरुको व्यवस्था घरधनीले गर्नुपर्ने छ । खरको छानो हटाएर टिन लगाउन पाउने भएपछि स्थानीयहरु खुसी भएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७४, आइतवार ०८:४१