सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभा बैठकस्थलको व्यवस्थापनमा ढिलाई

प्रदेशसभाको बैठकस्थल बुटवल उद्योग वाणिज्य संघ ।

प्रदेशसभाको बैठकस्थल बुटवल उद्योग वाणिज्य संघ ।


बुटवल । प्रदेशसभाको पहिलो बैठकको मिति नजिकिँदै गरे पनि बुटवलमा बैठकस्थलको व्यवस्थापनमा ढिलाई भइरहेको छ । यहि माघ २१ गते पाँच नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बुटवल उद्योग वाणिज्य संघको सभाहललाई प्रदेशसभाको बैठक हल बनाइएको छ ।
तर बैठक सुरु हुन ५ दिन पनि बाँकी नहुँदा सोमबार दिउँसोसम्म बैठकस्थल अस्तव्यस्त थियो । बैठकस्थल तोकिएको स्थलमा अन्य सस्थाको कार्यक्रम भइरहेको थियो । कार्यक्रम पश्चात हल अस्तव्यस्त देखीएको थियो । प्रदेशसभा सञ्चालनका लागि सहजीकरण गर्न संघीय संसद सचिवालयको टोली बुटवल आइसकेको छ ।
सचिवालयका सहसचिव सुरेन्द्र अर्यालले अब हतार हतार गरेर बैठकस्थल व्यवस्थापनको काम गर्र्नुपर्ने बताए । पाँच नम्बर प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको कुर्सी व्यवस्थापनका साथै सभामुखको कक्ष, माइक व्यवस्थापन लगायतका काम गरिने संसद सचिवालयका सहसचिव अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ०९:१३