सूचनाको शक्ति - The Power Of Information

        

नगरका सबै वडामा स्वास्थ्य केन्द्र रहने


देवी भण्डारी । दाङ । घोराही उपमहानगरपालिका भित्रका नगरवासीहरुले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । नगरवासीहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याउने उद्देश्यले प्रथम नगर सभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीति अनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो
उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्रका सञ्चालन गर्दै स्थानीयहरुलाई आफ्नै वडामा स्वास्थ्य सहजरुपमा स्वास्य सेवा पु¥याउन योजनासहित अघि बढेको छ । सोही अनुरुप स्थापना हुन बाँकी रहेका ठाउँहरुमा नयाँ स्वास्थ्य केन्द्र स्थपना गर्ने भएको छ ।
जस अुनसार वडा नम्बर १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं. १७ मा हरिद्धार नगर स्वास्थ्य केन्द्र, वडा नं.६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं. ३ तीनमा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं. १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न ६ वटा नगर स्वास्थ्य केन्द्रको लागि ६० लाख बजेट विनियोजन गरेको छ । जस अनुसार वडा नं. १८ स्थीत हत्तिखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्धार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र, आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि ११ लाख छुट्टाएको छ भने घोरदौरा नगर स्वास्थ केन्द्रका लागि पाचँ लाख बजेट विनीयोजन गरीएको छ ।
यसैगरी प्रथम नगरसभाबाटै पारीत वडा नं १ मा हर्नाेक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाचँपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहाँनगरपाकिाले यिनै खोप केन्द्र निमार्णका लागि प्रत्येक खोप केन्द्रमा तिन लाख बजेट छुट्याइएको छ । त्यस्तै वडा नं ७ मा रहेको सौडियार स्वास्थ्य चौकी, वडा नं ५ स्थीत धर्ना स्वास्थ्य चौकी, वडा नं १० नारायणपुर स्वास्थ्य चौकी, वडा नं दुई रामपुर स्वास्थ्य चौकी, र हापुर स्वास्थ्य चौकी मर्मतका लागि प्रति स्वास्थ्य चौकी एक लाख रुपैया बजेट निमार्णका लागि विनियोजन गरेको छ ।
बडामा स्थापना गरीएको स्वास्थ्य केन्द्रमार्फत वाडवासीहरुले आधारभूत स्वाथ्य सेवाहरु पाउने घोराही उपमहानगरपालिका स्वास्थय संयोजक नारायणप्रसाद घर्तले जानकारी दिए । उनका अनुसार नगर स्वास्थ्य केन्द्रहरुमार्फत अब वडास्तरमै औषधि र आधारभूत उपचार पाउने सकीने छ । वडामा संञ्चाल गरिएको नगर स्वास्थ्य केन्द्रहरुमा एक पारामेडिस, नर्सिङ र कार्यालय सहयोगी रहने संयोजक घर्तीले बताए ।

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ०४:५६