सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य निर्वाचनको नमूना मतपत्र

राष्ट्रियसभा सदस्य निर्वाचनको नमूना मतपत्र


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारी अन्तर्गत आयोगले नमूना मतपत्र पनि सार्वजनिक गरेको छ । निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् ।

मतपत्रका ८ नमूना
निर्वाचन आयोगले समूहगत रुपमा मतदान गर्नु पर्ने मतपत्रका ८ वटा नमूना सार्वजनिक गरेको छ । यसमा महिला सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्षले मतदान गर्ने, महिला सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने, दलित सदस्य निर्वा्चित गर्नका लागि स्थानीय तहका प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्षले मतदान गर्ने, दलित सदस्य निर्वा्चित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमूना रहेका छन् ।
यस्तै अपांगता भएका वा अल्पसंख्यक समूदायका सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्षरउपाध्यक्षले मतदान गर्ने, अपांगता भएका वा अल्पसंख्यक समूदायका सदस्य निर्वाचित गर्नका लागि प्रदेशसभा सदस्यले मतदान गर्ने, अन्य सदस्य निर्वाचित गर्नका लागि स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षले मतदान गर्ने र प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रको नमूना आयोगले सार्वजनिक गरेको हो ।

मतभार र निर्वाचित हुने समूह
यो निर्वाचनका लागि प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुरधाम, प्रदेश नं ३ को पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा निर्वाचन केन्द्र तोकिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार ५०६ तथा ५५० प्रदेशसभा सदस्य मतदाता छन् । यस्तै प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेको आयोगले जनाएको छ ।
निर्वाचनमा नौ राजनीतिक दलबाट समूहगत रूपमा महिला २६, अन्य समूहका २८, दलित १४ र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ उम्मेदवार बनेका छन् । निर्वाचनबाट तीन महिला, एक दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एकसहित प्रत्येक प्रदेशबाट आठजनाका दरले राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था छ । निर्वाचन यहि माघ २४ गते हुनेछ ।

प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ०४:२९