सूचनाको शक्ति - The Power Of Information

        

५० किलो चरेशसहित दुईजना पक्राउ

रोल्पा । रोल्पाको माडीगाउँपालिका–२ घर्तीगाउँबाट आयतबार बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुईजनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको हो ।
चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ । थवाङ गाउँपालिका– ्३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आइतबार बिहान साढे ३ बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ माघ २०७४, आइतवार ०६:०४