सूचनाको शक्ति - The Power Of Information

        

‘म भर्जिन नै छु’


काठमाडौं । नायक/नायिकाको प्रेम प्रसङ्गका कुरा धेरैका लागि चासोको विषय हुने गरेको छ । दर्शकहरुले निकै मन पराएकी र चासो दिने गरेकी नायिका नन्दिता केसीले पनि आफ्नो केहि गोप्य कुरा सार्वजनिक गरेकी छन् । उनले आफू अहिलेसम्म कसैको प्रेममा नपरेको बताएकी छन् । उनले आफू शतप्रतिशत ‘भर्जिन’ रहेको दावी गर्दै आफूले भावी श्रीमानका लागि कुमारित्व जोगाएर राखिरहेको बताएकी छन् । यौनका बारेमा पूरै कुरा बुझ्ने भएपछि मात्र त्यस्तो रिलेसन राख्नु बेस हुने उनको तर्क छ । ‘यौन प्रकृतिको देन हो,’ नन्दिता भन्छिन्, ‘यौनले वैवाहिक जीवनलाई अझ सुन्दर बनाउँछ ।
तर, अहिलेका युवाहरू धेरै फरवार्ड छन्, यौन सस्तो भएको छ ।’ यौनका लागि उनले केहि सुझाव पनि दिएकी छन् । उनी भन्छिन्, ‘यौनका लागि शान्त र गोप्य ठाउँ हुनुपर्छ, जहाँ कसैले पनि डिस्टर्ब नगरोस् । बुद्धि नपु¥याई गरिएको यौनसम्पर्क असुरक्षित मात्र होइन, अमर्यादित पनि हुन्छ ।’ नन्दिताले चलचित्रमा देखाइने यौन दृष्यप्रति टिप्पणी गर्दै भनेकी छिन्, ‘कतिपय चलचित्रमा यौन दृष्य आवश्यक हुन्छ । तर, कतिपयमा जबरजस्ती सिन राखिन्छ ।’

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार ०८:३९