सूचनाको शक्ति - The Power Of Information

        

‘सेक्स प्रस्ताव आयो’


काठमाडौं । ‘रोमान्स’ चलचित्रमा अभिनय गर्दा नवनायिका स्मिता थपलियालाई आलोचना धेरै नै भएको थियो । चलचित्र क्षेत्रमा छाडापन भित्राउने र चर्चाका लागि जस्ता दृश्य पनि दिने नायिकाहरुको सूचीमा उनीलाई लिन थालियो ।
उनी यो क्षेत्रमा कसरी अगाडि बढ्ने भन्नेमा नै दोधारमा छिन् । पछिल्लो समय चलचित्र ‘मेरो मान्छे’मा अभिनय गर्दासम्म पनि उनलाई आफ्नो परिचय बनाउन मुस्किल भएको छ । तीन बर्षअघि एक निर्माताले काठमाडांैको नयाँ बानेश्वरमा उनलाई चलचित्र खेलाउन भनी बोलाएका रहेछन् ।
तर, चलचित्र खेल्न आफूसँग शारीरिक सम्बन्ध राख्नुपर्ने अफर गरेपछि स्मितालाई यो क्षेत्र नै मन नपरेको बताइन् । उनले भनिन्, ‘तीन पटकसम्म मलाई सेक्सको प्रस्ताव राखेपछि मलाई त उसको गालामा थप्पड हान्न मन थियो ।’ जता गए पनि चलचित्र खेल्न यस्तै मात्र अफर आएपछि स्मिता आफूलाई दिक्क लागेर गाउँ फर्किएको बताइन् ।
नेपाली चलचित्र खेल्नका लागि आफूलाई मात्र हो या अरुलाई पनि यस्तै प्रस्ताव आउँछ, उनले बुझ्न सकेकी छैनन् । आफूलाई अभिनय, डान्स राम्रो आउने भन्दै उनले आफू अरुसँग मिल्न सक्ने खुबी भएका कारण पनि यो क्षेत्रमा अगाडि बढ्न सक्छु भन्ने लागेको बताइन् ।
चलचित्र क्षेत्रमा भविष्य छ भन्ने उनलाई फिटिक्कै लाग्दैन । तर, पनि संघर्ष गर्दै जाँदा एकदिन सफल भइन्छ भन्ने उनको भनाई छ । ‘रोमान्स’, ‘लभ इज लाइफ’, ‘कैफियत’, ‘स्पर्श’ र ‘मेरो मान्छे’मा अभिनय गरिसकेकी यी नवनायिकाले आफ्नो परिचय पाउँन अझै काम गर्नुपर्ने बता इन् ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०७:४३