सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय भवन नहुँदा पठनपाठनमा समस्या

बझाङ । बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नम्बर–१० कुचामा रहेको लटिनाथ प्राथमिक विद्यालयमा भवनको अभाव हुँदा विद्याथीलाई पढ्न समस्या भएको छ । पाँच कक्षासम्म सञ्चालनमा रहेको यो विद्यालयमा तीनवटा मात्र कक्षाकोठा रहेका छन् ।
जसमा एउटा कोठामा अफिस सञ्चालनमा रहेको छ भने बाँकी दुई कोठामा कक्षा चार र पाँचका विद्यार्थी बस्ने गरेको विद्यालयका प्राध्यानाध्यापक मिनबहादुर सिंहले जानकारी दिए । विद्यालयको दुई कोठे भवन गत बैशाखमा भिरबाट झरेको ढुङ्गाले पूर्णरुपमा क्षति पुर्याएको थियो । अहिले शिशु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई बहुकक्षा शिक्षण प्रविधिबाट पढाउने काम भइरहेको छ ।
पानी र हावाहुरी नचलेको दिन खुल्ला चौरमा नै पठनपाठन हुने गरेको छ भने पानी परेको दिन छुट्टी गर्नुपर्ने बाध्यता रहेको छ । भवन क्षती भएको महिनामा नै प्रहरी मुचुल्कासहित भवन मर्मतका लागि जिल्ला शिक्षा कार्यलयमा गरे पनि जिल्ला शिक्षा कार्यालयबाट आश्वसन मात्र आएको विद्यायका प्रध्यानाध्यापक सिंहले बताए । यस विषयमा जिल्ला शिक्षा कार्यालयका निमित्त कार्यलय प्रमुख सुरेन्द्र कडायतले भने आफूलाई भवनको बारेमा जानकारी नभएको बताए ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार १०:२३