सूचनाको शक्ति - The Power Of Information

        

विद्यालय निर्माण सहयोगका लागि साइकल यात्रा

खम्बप्रसाद पुन । बाँके । नेपालमा विद्यालय निर्माणका लागि विदेशी नागरिकले पूर्व–पश्चिम साइकल यात्रा गरेका छन् । गत पुस २४ गते पूर्वको काँकडभित्ताबाट यात्रा शुरु गरेका आयरल्याण्डका नागरिक डक क्लानडेलनले साइकल यात्राबाट सन्देश प्रवाह गर्दै गाउँमा विद्यालय निर्माणका लागि सहयोग जुटाउने गरेको बताउँछन् ।
उनीसँगै आयरल्याण्डकै लेनिमेगसन, नेपालका अर्जुन ठटाल र अर्जुन रिखाम मगर साइकल यात्रामा छन् । उनीहरु दैनिक २० देखि ३० किलोमिटर साइकल हाँक्छन् र ठाउँठाउँमा सहयोगका लागि आफ्ना उद्देश्यबारे जानकारी गराउँदै आएका छन् । साइकल यात्राकै क्रममा नेपालगन्ज पुगेका डकले काभ्रेमा ६ कोठे निजी विद्यालयका लागि आवश्यक रकम जुटाउन साइकल यात्रामा रहेको बताए ।
उनले ६ काठे भवनका लागि ७० लाख रुपैयाँ आवश्यक पर्ने रहेको बताउँदै करीब ५० लाख रुपैयाँ संकलन भइसकेको जानकारी दिए । अब अन्य रकमका लागि सबैसंग आग्रह समेत गरिएको छ । ४ वर्ष अघिदेखि यो अभियानमा लागेका विदेशी नागरिक डकले नगरहोप, नेपाल नामक संस्था पनि संचालन गर्दै आएका छन् ।
गरिव वालवालिकाहरुका लागि शिक्षा भन्ने उद्देश्यले नगर होप आयरल्याण्ड नामक गैर सरकारी संस्थाले सञ्चालन गरेको २० दिने मेची महाकाली तय गरेको थियो। २०७२ बैशाख १२ गते गएको महा भूकम्प पछि प्रभाभित दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, सिन्धुली, धादिङ्ग, भक्तपुर लगायतका ९ जिल्लाका ८५ सरकारी विद्यालयमा खानेपानी, फर्निचर र चर्पीको सहयोग गरेको अध्यक्ष क्लानडेलनले बताए ।
यसैक्रममा काभे्र जिल्लाको नगरकोटमा शिक्षाबाट टाढा रहेका गरिव वालवालिकाहरुको लागि २०७१ सालदेखि नगरहोप बेसिक स्कूल समेत स्थापना गरेको र आगामी दिनमा प्राविधिक तथा गुणस्तरीय शिक्षा र विद्यालयको भौतिक संरचना निर्माणका लागि भनेर आर्थिक संकलन गर्न साइकल यात्रा गरेको डकको भनाई छ । अध्यक्ष डक क्लानडेलन नेपालमा बिगत १० बर्षदेखि नेपालमै बस्दै आएका छन् भने उनले बिराटनगरकी दिब्या घिमिरेसँग बैवाहिक सम्बन्ध गाँसेका छन् ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०७:५६